Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


चार विधामा ‘नबिल स्किल हिरो’


0
Shares

काठमाडौं, माघ १३ । चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा गर्दै ‘स्किल विक २०२०’ समापन भएको छ ।

यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो ।

यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि रहेका थिए ।

यिनै चार विधामा चार प्रेरणादायक व्यक्तित्वहरुलाई ग्लोकल प्रालिले नबिल स्किल हिरोबाट सम्मान गरेको हो ।

पर्यटनतर्फ द्वारिकाज् होटलकी सन्चालक अम्बिका श्रेष्ठ, कला तथा संस्कृति विधामा कलाकार मिथिला शर्मा, उद्यमशीलतातर्फ क्यूएफएक्स, क्वेस्ट टिमका अध्यक्ष नकिम उद्यीम र विज्ञान तथा प्रविधितर्फ एफ १ सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वाश ढकाललाई नबिल स्किल हिरोबाट सम्मान गरियो ।

आयोजकले समापन अवसरमा युवाहरुलाई व्यवस्थापकहरुसँग गहन अन्तरक्रियात्मक कार्यक्रम ‘सीईओ अन्प्लग् २०२०’ पनि आयोजना गरेको थियो ।

‘टुडे मिट्स टुमारो’ अवधारणामा सन्चालित कार्यक्रममा मुलुकका प्रतिष्ठित उद्यमीहरू उपस्थित थिए ।