Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


नेप्से २४ अंक बराबरले उकालो


0
Shares

काठमाडौं, माघ १३ । पछिल्ला केही दिन ओरालो लागेको सेयरबजारमा सोमबार दोहोरो अंकको सुधार आयो ।

बजार परिसूचक नेप्से २४ अंक बराबरले उकालो लागेर पुनः १३ सय पुग्यो ।

कारोबार भएका सबै समूह सुधारिएसँगै नेप्सेमा उल्लेख्य वृद्धि आएको हो ।

नेप्से ‘करेक्सन’ भएर पुनः उकालोतर्फ लागेको विश्लेषण गरिएको छ ।

जीवनबिमा समूहमा सबैभन्दा उच्च १७४ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि १४९ अंकले बढ्यो । होटल समूह ८३ अंकले उकालो लाग्यो । लघुवित्त समूह ६६ अंकले बढ्यो । विकास बैंक, व्यापार, जलविद्युत् र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीका २४ लाख कित्ता सेयर ९२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।