Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मलेसिया र श्रीलंकाका राजदूत सौराहा घुमघाममा


0
Shares

चितवन, माघ १३ । नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ को अवसरमा दुई देशका राजदूत चितवन भ्रमणमा आएका छन् ।

मलेसिया र श्रीलंकाको नेपालस्थित दूतावासका राजदूतहरु चितवनको सौराहा घुम्न आएका हुन् ।

उनीहरु वाग्मती प्रदेश सरकारको निमन्त्रणमा पर्यटकीय क्षेत्र सौराहा घुम्न आएका हुन् ।

मलेसियाका राजदूत अमहद फदिल इस्मेल र श्रीलंकाका राजदूत हिमाली अरुणतिलका दुईदिने भ्रमणका लागि सोमबार चितवन आएका हुन् ।

सौराहा आएका राजदूतहरुले चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी, हात्ती फुटबल, विभिन्न जातजातिहरुको साँस्कृतिक क्रियाकलाप, दुर्लभ एकसिंगे गैंडाको साथै हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका थिए ।

चितवन आएका राजदूतहरुलाई रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमलादेवी दुवाडी र सौराहाका होटल व्यवसायीहरुले स्वागत गरेका थिए ।