२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


नेपालका राजनीतिक पार्टी एमाले र कांग्रेसमात्र : अध्यक्ष ओली


0
Shares

काठमाडौं, मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र कांग्रेसमात्र भएको बताउनुभएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गर्नुभयो ।

उहाँले अरु पार्टीलाई पानीका फोकाको संज्ञा पनि दिनुभयो । नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताउनुभयो ।