Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


ए डिभिजन लिग : शीर्ष बन्ने होडमा मच्छिन्द्र र थ्रिस्टार


0
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन् ।

नवौं चरणको पहिलो खेलमा आज मध्यान्ह १२ बजे दशरथ रंगशालामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमसँग खेल्नेछ ।

आजै दिउँसो ३ बजे उपाधि दावेदारहरु मच्छिन्द्र क्लब र थ्रिस्टार क्लब भिड्नेछन् । अंक तालिकामा मच्छिन्द्र क्लब १६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

१४ अंकका साथ थ्रिस्टार क्लब चौथो स्थानमा छ । आजको खेल जित्ने टोलीलाई अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर रहेको छ । हाल शीर्ष स्थानमा रहेको आर्मी क्लबको १७ अंक छ ।