Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


वंशलको नेतृत्वमा निकासी पैठारी संघमा नयाँ कार्यसमिति


0
Shares

काठमाडौं । आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ  ।

संघको काठमाडौंमा सम्पन्न ४०औं साधारणसभाले सुनीलकुमार वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन हुनुभएको संघले जनाएको छ ।