Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


राजस्व चुहावट गरेको आरोपमा दुईवटा फर्ममाथि मुद्दा दायर


13
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा बिल बिजक बनाई राजस्व चुहावट गरेको आरोपमा २ वटा फर्म माथी मुद्दा दायर गरेको छ ।

विभागले २३ करोड ६० लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद मागदाबी सहित रेजिङ ईन्टरनेशनल र हनुमान कन्सट्रक्सन विरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

विभागले नक्कली तथा झुटा बिल बिजक बनाइ राजस्व छली गर्ने रेजिङ ईन्टरनेशनल लाई १४ करोड ८७ लाख राजश्व छली गरेको आरोपमा यसको दोब्बर विगो र तीन बर्ष कैद सजाय माग सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै, ललितपुरको हनुमान कन्ट्रक्सनलाई ८ करोड ६२ लाख विगो, विगोको दोब्बर रकम र ३ वर्ष कैद मागदाबी सहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।