Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


विमानस्थलमा नयाँ भन्सार भवनः जाँचपासमा सहज


0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयको नयाँ भवन संचालनमा आएको छ ।

६८ औं भन्सार दिवसको अवसर पारेर विमानस्थलमा संचालनमा ल्याइएको यस नयाँ भवनको आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले उदघाटन गरेका हुन ।

जाँचपास सहजीकरण गर्ने उद्देश्यले आधुनिक ढाँचामा आवश्यक सबै पूर्वाधारसहित निर्माण गरिएको यस भवनको संचालन संगै भन्सार प्रक्रिया सहज हुने कार्यालय प्रमुख विष्णुराज ढकालले जानकारी दिए ।

भन्सार कार्यालयको आफ्नै भवन निर्माण पश्चात प्रशासनिक कार्य सहज हुनुका साथै जाँचपास पनि सुविधाजनक हुँदा व्यवसायीलाई राहत मिल्ने विश्वास लिइएको छ ।