काठमाडौं । आइतबार पनि सुन चादीको भाउ उकालो लाग्ने क्रम जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ७५ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि २ सयले बढेर ७५ हजार २ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेर ८ सय ९५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १५ सय ७८ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।





प्रतिक्रिया दिनुहोस्