संखुवासभा । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउसमा आज(आइतबार)बम विस्फोट भएको छ ।
अज्ञात समुहले गराएको बम विस्फोटबाट जेनेरेटर र पर्खालमा क्षति पुगेकोे छ ।
विस्फोट भएको स्थानको वरपर प्रेसर कुकरका टुक्रा भेटिएको र विस्फोट नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले गराएको आशंका गरिएको छ ।
यसअघि पनि अरुण तेस्रो पावर हाउस स्थल दिदिङमा पटक पटक बम विस्फोट भएका थिए ।
अरुण तेस्रो आयोजना भारतिय कंम्पनि सतलुज कम्पनिले निर्माण गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्