७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


एक सिंगे गैँडा संरक्षणका लागि फुटबल प्रतियोगिता हुने


0
Shares

नवलपुर । एक सिंगे गैँडा संरक्षणका लागि आगामी फागुन ५ गतेबाट नवलपुरमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नन्द–भाउजू उपभोक्ता समितिले आज पत्रकार सम्मेलन गर्दै राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।

खेलकुदको माध्यमबाट बन्यजन्तु एवं वातावरण संरक्षणको चेतना फैलाउँदै आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको गरिन लागेको आयोजकको भनाइ छ ।

उक्त प्रतियोगितामा सेना, प्रहरी र सशस्त्र प्रहरीका विभागीय टोलीसँगै अन्य १० टिमहरुको सहभागिता रहनेछ ।