२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


टोटनहम र रेनसबीचको खेल स्थगित


0
Shares

काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत बिहीबारका लागि तय भएको इंग्लिस क्लब टोटनहम र रेनसबीचको खेल स्थगित गरिएको छ ।

टोटनहमका आठ खेलाडी र पाँच कर्मचारीमा कोरोना संक्रमण भएपछि आज राति हुने भनिएको खेल स्थगित गरिएको हो ।

टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार आठ खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए ।

त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने छ । कोरोना भाईरसका कारण टोटनहमले प्रिमियर लिगसँग ब्राइटोनसँगको खेल पछाडी सार्नका लागि आग्रह गरेको छ । उक्त खेल समेत स्थगित हुने सम्भावना बढेको छ ।