
काठमाडौं, मंसिर २२ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानून बन्न नदिएको आरोप लगाउनु भएको छ ।
सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्न आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको उहाँको जिकिर छ ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको जिकिर गर्नुभयो । उहाँले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
पोखरेलले मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्