Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सेयरबजार अब सकारात्मक गतिमा जाने विश्लेषकको भनाइ


0
Shares

काठमाडौं, माघ ११ । पछिल्लो केही दिनयता सेयरबजारमा उल्लेख्य सुधार आएको छ ।

सेयरबजार सकारात्मक देखिँदा लगानीकर्ता सक्रिय भएपछि कारोबारमा वृद्धि आएको विश्लेषण गरिएको छ ।

पछिल्लो १५ दिनको अवधिमा सेयरबजार परिसूचक नेप्से १५० अंक बढीले उक्लियो ।

यस समयमा दैनिक कारोबार कुनै दिन दुई अर्ब नाघ्दा साताभरि ८ अर्ब ५४ करोड बराबरको कारोबार भयो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको कडाइका कारण बजारमा पुँजीको पूर्ति बढ्नु, सेयरबजारमा केही समयको ‘वियरिष’ चक्र पार गरिसकेको तथा सेयरबजारसम्बन्धी मानिसको धारणामा पनि परिवर्तन आएकाले सेयरबजार उकालो लागेको प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठ बताउँछन् ।

सेयरबजारले ‘बुलिस ट्रेन्ड’को पहिलो चरण पार गरेको श्रेष्ठको भनाइ छ ।

पुँजीबजारमा केही उतार–चढाव हुनु स्वाभाविक भएपनि अब भने बजारले सकारात्मक गति लिनसक्ने श्रेष्ठको तर्क छ ।

नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व, सेयरबजार उकालो लाग्दा लगानीकर्ताहरु उत्साहित हुनु, पुँजीबजारमा लगानीकर्ता तथा बजार परिपक्वताले गर्दा पनि सेयरबजार सुधारको बाटोमा लागेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

पुँजीबजार स्थीरताका लागि सरकारको नीतिगत सहजीकरण हुनु, नेप्से तथा धितोपत्र बोर्डले पनि सहजीकरण गरेकाले पनि पुँजीबजार उकालो लाग्न थालेको र बजारले सकारात्मक गति लिने लगानीकर्ताहरुले बताएका छन् ।