२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पाल्पामा दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु


0
Shares

पाल्पा । निस्दी गाउँपालिका–७ पार्सिङ चोकमा मंगलबार बेलुकी दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका घर भएका ४५ तुफानी कुँवर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको बुझिएको छ ।

चुनढुङा लोड गरेको प्रदेश २–०३–००१ ख ४५६९ नम्बरको टिपर स्टार्ट बन्द नगरी चालक कुँवर पार्किङको लागि ठाउँ हेर्न टिपरबाट भुईंमा ओर्लिएका थिए । टिपर गुडेर नजिकै पार्किङमा रहेको ग २ ख ३६१ नम्बरको टिपरमा ठोक्किन जाँदा कुँवर दुई ओटा टिपरको बिचमा च्यापिन पुगेको प्रहरीले जानकारी दिएको छ ।