Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


उखु बेचेको पैसा नपाएपछि ऋण खोजेर काजकिरिया गर्नुपर्ने अवस्था


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, माघ ११ । चिनी उद्योगले वर्षौं पहिलेको उखुकोसमेत भुक्तानी नदिँदा किसानलाई घर व्यवहार धान्न समस्या भइरहेको छ ।

आम्दानीको मुख्य स्रोत रहेको उखुको समयमा भुक्तानी नपाउँदा जन्म–मृत्युजस्ता संस्कार पूरा गर्न पनि अभाव खट्किएको हो ।

उद्योगीहरुले चार वर्षअघिको भुक्तानीसमेत नदिएपछि केही दिनअघि सर्लाहीका उखु किसानहरुले राजधानीकेन्द्रित आन्दोलन चर्काए ।

किसानहरुले चरणबद्ध आन्दोलन थालेपछि उद्योग मन्त्रालयले बक्यौता रकम चुक्ता गर्न उद्योगीलाई माघ ७ गतेको समयावधि तोकिदिएको थियो ।

उद्योगीहरुले सरकारलाई गरेको प्रतिबद्धताअनुसार सम्पूर्ण भुक्तानी चुक्ता नगरेपछि किसानहरु समस्यामा परेका हुन् ।

सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाका अमाहिर रायको परिवारले सोही ठाउँको अन्नपूर्ण चिनी उद्योगबाट सात लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

रायको केही दिनअघि निधन भएपछि अहिले किरिया उतार्नका लागिसमेत खर्च जुटाउन नसकिएको परिवारको गुनासो छ ।

चिनी मिलबाट उखु बेचेको पैसा नपाएपछि राय परिवारलाई ऋण खोजेर काजकिरिया गर्नुपर्ने अवस्था आइपरेको छ ।

यस्तो शोकाकूल अवस्थामासमेत भुक्तानी तिर्न उद्योगीले अनेक बहाना गराएकाले पीडित परिवार दिक्दार बनेको छ ।

त्यस्तै, अर्का किसान किशोरी राय यादव पनि धनकौल चिनी मिलबाट पैसा नपाउँदा छोरीको विवाह गर्दा बैंकबाट ऋण लिनुपरेको गुनासो गर्छन् ।

आफूले उत्पादन गरेको कृषि उपजकोसमेत समयमा मूल्य नपाउँदा कृषकहरु हतोत्साहित हुँदै गइरहेका छन् ।

भिडियो हेर्नुहोस्