भैरहवा, माघ ११ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् ।
शनिबार प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सहमतिकै आधारमा यही अधिवेशनमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउनेसमेत दाबी गरे ।
कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षाविना समाचार लेख्न नहुने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
उनले राज्यविरुद्ध हिँडेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको आन्दोलन सही नभएको तर्क पनि गरे ।
प्रेस संगठनमा आवद्ध पत्रकारहरू वर्तमान र भविष्यलाई जोड दिएर अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले औंल्याए ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले प्रेसलाई नियन्त्रण गर्न नखोजेको स्पस्ट पारे ।








प्रतिक्रिया दिनुहोस्