Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भक्तपुरमा कुटपिटबाट एक जनाको हत्या


0
Shares

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै एक युवकको हत्या भएको छ ।

बालकोट बंगलामुखी देखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनि खाली जग्गामा अज्ञात व्यक्तिहरुको कुटपिटबाट सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मंगलबार राति करिब १० बजे श्रेष्ठलाई अज्ञात व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते भएको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको थियो । प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागी मध्यपुर अस्पताल थिमी पठाइएकोमा उनको उपचारकै क्रममा सोही अस्पतालमा मृत्यु भएको भक्तपुर परिसरका नि. सूचना अधिकारी प्रहरी निरिक्षक लोक बहादुर जि.सी. ले जानकारी दिनुभयो ।

घटनामा संलग्न व्यक्तिको खोजी भईरहेको तथा घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक जि.सी.ले बताउन भयो ।

मृतकको शव हाल मध्यपुर अस्पताल थिमीमा नै रहेको छ ।