Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रमुख प्रशासकीय अधिकृतका कारण अन्यायमा परेको कर्मचारीहरुको गुनासो


0
Shares

केदार कटुवाल/ईमेज

उदयपुर । चौदण्डीगढी नगरपालिका भित्रका वडा कार्यलयका प्रमुख प्रशासकीय अधिकृतले आग्रह र पूर्वाग्रहका आधारमा कर्मचारी पजनी गरेको भन्दै पुराना कर्मचारीहरु आफूहरुलाई अपमान गरेकोे भन्दै न्यायको लागि अदालत जाने बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमागाईंले नगरपालिकाका वडा नं १ , २ , ३ , र ४ मा लोकसेवा आयोबाट हालैमात्र सिफारिस खरदारलाई वडासचिबमा सिफारिस गर्दा समान तहकै ब्यक्तिलाई सिफारिस गरेकाले आफूहरुलाई अन्याय भएको वडा नम्बर २ का सचिब नैनबहादुर खडकाले गुनासो गरे ।

‘हामी प्रमुख प्रसाशकीय अधिकृतकै माताहातमा रहि कार्यगर्ने कर्मचारी हौं, अप्ठ्यारोमा हामीले काम गर्‍यौं तर एक पटक पनि सल्लाह नगरी अरु कर्मचारी खटाइयो’ निवर्तमान एक वडा सचिबले भने, ‘हाम्रो ब्यबस्थापन भएन ।’

बोर्डबाट निर्णय गराइ रहनु जरुरी नभए पनि प्रसाशकीय प्रमुखले निर्णय गराएर हामीलाइ जनप्रतिनिधिबाट सम्बन्ध विगार्न खोजिएको अर्का सचिबको आरोप थियो ।

यस बिषयमा प्रमुखसंग बार्ता भएको र  माघ १२ सम्ममा निर्णय दिने बताएको स्थानीय तह कर्मचारी युनियन चौदण्डीगढी नगरपालिकाका अध्यक्ष पुष्प सापकोटाले बताए ।

यस अघि पनि हुमागाईंले कृषि शाखा प्रमुखमा प्राबिधिक जनशक्ति हुँदाहुँदै बैदेशिक रोजगार परामर्षका का अप्राबिधिक कर्मचारीलार्इ नगरपालिका बोर्डबाट शाखा प्रमुख बनाएको बताइएको छ ।