Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


दाहाल ३२ वर्षदेखि नेतृत्वमा


130
Shares

काठमाडौं । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी९हाल नेकपा माओवादी केन्द्र० लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ।

माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन्।

२०४६ सालमा नेकपा ९मसाल० को महामन्त्री,२०४८ मा नेकपा ९एकता–केन्द्र० को महामन्त्री, २०५१ मा नेकपा ९माओवादी० को महामन्त्री,२०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन्।

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टीको सबै अधिकार आफूमा केन्द्रित गरेका दाहालले २०६५ मा वैद्य र भट्टराईलाई उपाध्यक्ष तथा थापालाई महासचिव बनाएर माओवादीलाई बहुपदीय प्रणालीमा लगे पनि त्यो बीचमै तुहिएको थियो।

त्यसैले अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ। माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू९अध्यक्ष० मा केन्द्रित गरेका थिए।

नागरिक