भारतमा डेढ वर्षयताकै कम कोरोना संक्रमित « Image Khabar


भारतमा डेढ वर्षयताकै कम कोरोना संक्रमित


0
Shares

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ ।

पछिल्लो २४ घण्टामा डेढ वर्षपछिकै सबैभन्दा कम भेटिएको सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार त्यस अवधिमा भारतमा ६ हजार ८ सय २२ जना नयाँ संक्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या ५ सय ५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समय सवैभन्दा धेरै संक्रमितहरुको संख्या केरला राज्यमा देखिदै आएको छ ।

पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २ सय ७७ जना रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ९५ हजार १४ रहेको छ ।

यो संख्या पनि ५ सय ५४ दिनपछिकै सबैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ । कूल सङ्क्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले संक्रमित अवस्थामा छन् ।