२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


धम्काएर रकम असुल्ने दुई पक्राउ


0
Shares

काठमाडौं । म्यानपावर कम्पनीका संचालकहरुलाई धम्क्याएर रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गङ्गाहिटी–७ का ४० वर्षिय मिलन जोशी र दोलखा, भिमेश्वर नगरपालिका–७ माटी घर भई काठमाडौंको बालुवाटार बस्ने बर्ष ३५ वर्षिय रबिन्द्र बस्नेत रहेका छ्न ।

महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो । काठमाडौको पानीपोखरीस्थित युनिभर्सल म्यानपावर कम्पनीका सञ्चालकहरुलाई धाक धम्की गर्ने र ज्यान मार्ने धम्की दिएर पटक पटक गरी ९० लाख २५ हजार रुपैयाँ रुपैयाँ असुली गरेको दाबी प्रहरीले गरेको छ ।

बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुबाट प्रतिशतका आधारमा रकम लिंदै आएको दाबी पनि गरिएको छ ।

कोभिड–१९ ले काम बन्द रहेको बेला समेत धम्क्याएर असुल्ने गरेको आरोप पनि उनीहरुमाथि लागेको छ । उनीहरुले अन्यत्र पनि त्यस्तै गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।