Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


फ्रान्स सुपर कपको उपाधि पीएसजीले जित्यो


0
Shares

काठमाडौं । फ्रान्स सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ ।

गएराति भएको खेलमा मोनाकोलाई ४–० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो ।

४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफको ६७ औं मिनटेमा टिमिथी वाह् र अतिरिक्त समयमा डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाएका हुन् ।