७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


‘ए’ डिभिजन लिग : सरस्वतीलाई हराउँदैं शीर्ष बन्ने दाउमा मनाङ


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज उपाधि दावेदार मनाङ मस्र्याग्दी क्लबले सरस्वती युथ क्लबसँग खेल्नेछ ।

यो खेल जितेको खण्डमा मनाङले तालिकाको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानको मच्छिन्द्रसँग अंक बराबरी गर्नेछ ।

आर्मी क्लब र मच्छिन्द्रको समान १६ अंक रहँदा मनाङको १३ अंक छ । आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ ।

लिग तालिकामा ब्रिगेड ब्वाईज ८ अंकसहित नवौं स्थानमा रहँदा ६ अंक जोडेको च्यासल १२ औं स्थानमा छ ।

लिगअन्तर्गत हिजोका खेलमा दुई ललितपुरे टोलीहरु थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब विजयी भएका छन् ।

दशरथ रङ्गशालामा भएको पहिलो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३/१ ले हरायो ।

दोस्रो खेलमा जावलाखेलले सशस्त्र प्रहरीको एपीएफ टिमलाई १/० ले पराजित गर्‍यो ।