काठमाडौं, माघ ९ । स्वरकिन्नरी तारादेवीको १४औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यस अवसरमा तारादेवी स्मृती फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले गीत संगीतले सबैलाई जुटाउन सहयोग पुर्याउने धारणा राखे ।
दलहरुवीचको अविश्वास र दुरी हटाउन सांगितीक क्षेत्रको ठुलो भुमिका रहने उनको भनाइ थियो । कार्यक्रममा ईमेज ग्रूप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले स्वरकिन्नरी तारादेवीका कैयौं गीत र कृतीहरु अझै पनि बाहिर नल्याएको भन्दै आपत्ति प्रकट गरे ।
उनले लुकाएर राखिएका संपूर्ण गित र कृतीहरु अविलम्व बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । सो अवसरमा अध्यक्ष मानन्धरले तारादेवि स्मृती फाउन्डेसनले गरिरहेको योगदानको प्रशंसा गर्दै फाउन्डेसनलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत नेपाली संगितका पथप्रदर्शक भैरव बहादुर थापा, वरिष्ठ गितकार किरण खरेल, गरिष्ठ संगितकार नातीकाजी श्रेष्ठ, शम्भुजित बास्कोटा लगायतलाई जनही २५ हजार रुपैयाँ राशीबाट सम्मान गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्