काठमाडौं, माघ ९ । हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
थ्रीस्टार ३–१ हिमालयन शेर्पा
बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गर्यो ।
गोलकर्ता
थ्रीस्टारका लागि सुशील राई, सन्जोग राई र वासु ओलान्दीरान हज्मतले एक/एक गोल गरे । पराजित टोली हिमालयन शेर्पाका सटेफेन समिरले एक गोल फर्काए ।
थ्रीस्टारको १४ अंक
जितपछि थ्रीस्टार क्लब ८ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब चौथो स्थानमा झरेको छ ।
तालिकामा १६/१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
जावलाखेल–सशस्त्र
‘ए’ डिभिजन लिगअन्तर्गत् बिहीबारको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित खेल्नेछ । ९ अंक जोडेको जावलाखेल तालिकाको आठौं स्थानमा छ भने ५ अंक जोडेको एपीएफ १३औं स्थानमा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्