एजेन्सी । स्वीस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन ।
अष्ट्रेलियाको मेलबर्न पार्कमा हिजो भएको दोस्रो चरणको खेलमा फिलिप क्राजिनोभिकलाई ३–० को सोझो सेटमा हराउँदै फेडेरर बर्षको पहिलो ग्राण्डस्लामको तेस्रो चरणमा पुगेका हुन् ।
सर्वियन खेलाडी क्राजिनोभिक विरुद्धको खेल फेडेररले ६–१, ६–४ र ६–१ को सेटमा जिते । तेस्रो चरणमा फेडररको भिडन्त अष्ट्रेलियन खेलाडी जोन मिलिमनसँग हुनेछ ।
अष्ट्रेलियन ओपन टेनिसकै महिलातर्फ स्लोभाकियाकी तामारा जिदान्सेकलाई ६–२ र ६–३ को सोझो सेटमा हराउँदै अमेरिकन खेलाडी सेरेना विलियम्स तेस्रो चरणको पुगेकी छिन् ।






प्रतिक्रिया दिनुहोस्