Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


थरुहट मोर्चाको आन्दोलन गर्ने चेतावनी


0
Shares

काठमाडौं, माघ ८ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले १० बुँदे माग राख्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मोर्चाले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएको हो ।

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाको मूख्य दोषि भन्दै जेलमा राखिएका रेशम चौधरीसहित ११ जनाको मुद्धामा माफी दिनुपर्ने थरुहट क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुमा थारुभाषालाई सरकारी कामकाज भाषाको मान्यता दिनु पर्ने लगायतका मागहरु राखिएको छ ।

मागको सुनुवाई नभए आगामी फागुन ५ गतेदेखि आन्दोलन शुरु गर्ने मोर्चाले बताएको छ । 

Skip This