स्पेनिस लिगमा रियाल मड्रिडलाई ७ अंकको अग्रता « Image Khabar


स्पेनिस लिगमा रियाल मड्रिडलाई ७ अंकको अग्रता


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन फ्रेन्च स्ट्राइकर करिम बेन्जमाले ४० औं मिनेटमा निर्णयक गोल गरे ।

जितसँगै रियाल मड्रिडले अंक तालिकामा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ७ अंकको अग्रता लिएको छ । १५ खेलबाट रियालको ३६ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड २९ अंकसहित दोस्रो स्थानमा छ ।