२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कांग्रेसको चितवन जिल्ला अधिवेशन चाँडै गर्न माग


0
Shares

चितवन, मंसिर १५ । चितवन कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेपछि चाँडै नयाँ मिति घोषणा गरेर सूचारु गर्न माग गरिएको छ ।

सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछानेलगायत महाधिवेशन प्रतिनिधिको समेत हस्ताक्षर गरी चाँडै जिल्ला अधिवेशन गर्न माग गरिएको हो ।

सभापति पदका उम्मेदवार कैलाश कोइरालासहित १४ जनाले संयुक्त हस्ताक्षर गरी जिल्ला अधिवेशन सुनिश्चत गर्न माग गरेको हो ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चितवनमा वडा, पालिका, प्रदेश तथा क्षेत्रीय अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।

यही मंसिर १० र ११ गते जिल्ला अधिवेशन गर्ने गराउने भनिए पनि नेकपा एमालेको महाधिवेशनका कारण सारिएको थियो । तर सारिएको मितिमा समेत अधिवेशन हुने अनिश्चित देखेपछि उनीहरुले जिल्ला अधिवेशनको माग गरेका हुन् ।