काठमाडौं, माघ ७ । सोमबार केही ओरालो लागेको सेयरबजार मंगलबार पुनः सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १३ सय २० कायम भइ थामिएको हो ।
यसदिन कारोबार भएका आधाजसो समूह रातो रहे भने आधा समूह हरियो रहे ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८१ अंकले उक्लदा जीवनबिमा समूहमा पनि ६१ अंकको सुधार आयो ।
यसदिन विकास बैंक, अन्य, जलविद्युत्, वित्त र लघुवित्त समूह ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीका ४४ लाख ५५ हजार कित्ता सेयर एक अर्ब ५१ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्