धनकुटा, माघ ७ । धनकुटामा सम्पन्न प्रदेशस्तरीय ‘सहिद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि मोरङ महिला फुटबल टोलीले जितेको छ ।
मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा मोरङले धनकुटा महिला फुटबल टोलीलाई १–० ले पराजित गर्दैै उपाधि उचालेको हो ।
मोरङकी इमा राईले दोस्रो हाफको सातौं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
खेलको अन्तिम समयमा धनकुटाका प्रशिक्षक र रेफ्रीबीच झगडासमेत भएको थियो ।
धनकुटाका खेलाडीलाई मोरङका खेलाडीले ‘डीबक्स’मा लडाउँदासमेत पेनाल्टी नदिएको भन्दै धनकुटाका प्रशिक्षक आक्रोशित बनेका थिए ।
जितसँगै मोरङले ट्रफीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता धनकुटाले ५० हजारमा चित्त बुझायो ।





प्रतिक्रिया दिनुहोस्