
एजेन्सी । ब्रिटिश शिर्ष खेलाडी योहाना कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
अष्ट्रेलियाको मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्ड स्लाम टेनिसको पहिलो खेलमै कोन्टालाई ट्युनिसियाकी खेलाडी ओन्स जेबियरले पराजित गरिन् ।
कोन्टा विरुद्धको खेल जेबियरले ६–४ र ६–२ को सोझो सेटमा जितिन् ।
अष्ट्रेलियन ओपन टेनिसकै अन्य खेलहरुमा विजयी हुँदै चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभा र स्विट्जरल्याण्डकी बेलिन्दा बेन्सीच पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्