
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपाल यथावत रहेको छ ।
आईसीसीले हिजो सार्वजनीक गरेको नयाँ वरियतामा एक दिवसीय तथा ट्वेन्टी ट्वेन्टी दुबैतर्फ नेपालको वरियता यथावत छ ।
एक दिवसीयतर्फ नेपाल १७ औं स्थानमा छ भने टि-ट्वेन्टीतर्फ १४ औं स्थानमा रहेको छ । यसअघि पनि नेपालको वरियता यही थियो ।
एक दिवसीय वरियतामा नेपालको स्थान अहिलेसम्मकै खराव हो । नेपालभन्दा तल नामिबिया, युएई र पपुवा न्युगिनी रहेका छन् ।
विश्व एक दिवसीय वरियतामा अहिले इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । यस्तै, टि ट्वेन्टीतर्फ अहिले पाकिस्तान शिर्ष वरियतामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्