काठमाडौं, माघ ६ । पछिल्ला दिन ‘बुलिस ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा सोमबार ‘ब्रेक’ लाग्यो ।
निरन्तरजसो दोहोरो अंकले उकालो लाग्दै आएको नेप्समा यसदिन दोहोरै अंकको गिरावट आयो ।
कारोबार भने यसदिन पनि उच्च दुई अर्ब बराबर नै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २६ अंकले झरेर १३ सय १७ मा आएर थामियो ।
कारोबार भएका सबै समूह ओरालो लागे । सबैभन्दा उच्च जीवनबिमा समूह १५४ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूह पनि ११६ अंकको गिरावट आयो । उत्पादनमूलक समूहमा ७१ अंक, होटल समूहमा ६४ अंक, लघुवित्त समूहमा ५७ अंक, व्यापारमा ५४ अंक अनि विकास बैंक समूहमा पनि ५२ अंकको गिरावट आयो । अरु समूह पनि दोहोरो अंकले झरे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८२ कम्पनीका ५८ लाख ८६ हजार कित्ता सेयर एक अर्ब ९७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्