७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


नेपालले मलेसियालाई १३४ रनले हरायो, आरिफको शतक


0
Shares

पोखरा, माघ ६ । नेपालको ‘क्यान ११’ ले ‘मलेसिया सेक्रेटरी ११’ विरुद्धको पहिलो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा शानदार जित हासिल गरेको छ ।

नेपालको २७६ रन

सोमबार पोखरा रंगशालामा भएको खेलमा क्यान १३४ रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानले ४७ ओभरमा ‘अलआउट’ हुँदै २७६ रन बनाएको थियो ।

शतक

आरिफ शेखले १०१ रन बनाएर ‘रिटायर्ड हर्ट’ भए । सन्दीप जोराले ५८ रन बनाए ।

विकेट

मोहमद अरिफ र पवान्दिप सिंहले समान ३/३ विकेट लिए ।

मलेसियाको १४२ रन

जवाफमा मलेसिया ३७ ओभर २ बलमा अलआउट हुँदै १४२ रनमा समेटियो ।

विकेट

करण केसी र कमल सिंह ऐरीले समान ३/३ विकेट लिए । कुशल मल्लले २ तथा पारस खड्का र अभिनाश बोहराले एक/एक विकेट लिए ।

अभ्यास खेल

नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र अमेरिकासित हुने त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली २४ खेलाडीलाई मलेसियासित तीनओटा एकदिवसीय अभ्यास खेलको व्यवस्था मिलाएको हो ।

दोस्रो खेल मंगलबार (भोलि) हुनेछ ।