काठमाडौं । यस साता पूँजी बजारमा गिरावट आयो भने कारोबार सामान्य सुधारियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे ३ अंकले घटेर अन्तिम दिन ११ सय ९१ अंकमा आइपुग्यो ।
गत साता भने नेप्से ९ अंकले बढेको थियो । यस साता कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको एक अर्ब ७ करोड ६७ लाख रुपैयाँ बराबरका ४० लाख ८४ हजार कित्ता सेयरहरु खरिद बिक्री भए ।
गत साता १ सय ७९ कम्पनीहरुको एक अर्ब ५ करोड ६२ लाख रुपैयाँ बराबरका ३९ लाख ४५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
कारोबार रकम गत साताको भन्दा करिब २ प्रतिशतले बढी हो ।
यस साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा माछापुछ्रे बैंक एवं कारोबार संख्याको आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो ।









प्रतिक्रिया दिनुहोस्