७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


आर्मीको शानदार प्रदर्शन, च्यासल निरीह


0
Shares

काठमाडौं, माघ ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शानदार प्रदर्शनसहित शीर्ष स्थानलाई फराकिलो पार्न सफल भएको छ ।

आर्मी ३–० च्यासल

सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबमाथि ३–० को स्पस्ट जित हासिल गर्दै आर्मी अगाडि लागेको हो ।

गोलकर्ता

आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक/एक गोल गरे ।

मध्यान्तरसम्म गोलरहित बराबरी गरेको च्यासल खेलमा फर्कन नसक्दा आर्मी हावी भएको हो ।

अंकतालिका

जितसँगै आर्मी सातौं चरणको समाप्तिसम्म दोस्रो स्थानको मच्छिन्द्र क्लबसित तीन अंकको अन्तर बनाउँदै १६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

समान १३ अंकका मच्छिन्द्र र मनाङ–मर्स्याङ्दी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

११ अंकका न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब क्रमशः चौथोदेखि छैटौं स्थानमा रहेका छन् ।

जावलाखेल युथ क्लब र संकटा क्लब समान ९ अंकसहित सातौं र आठौं स्थानमा छन् ।

संकटा ०–० ‘बीबीसी

संकटाले सोमबारै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित गोलरहित बराबरी खेल्दा आठौं स्थानमै रोकिएको हो । बीबीसी ८ अंकसहित नवौं स्थानमा रहेको छ ।

बुधबारदेखि आठौं चरण

आठौं चरणका खेलहरु आउँदो बुधबारदेखि हुनेछन् । बुधबार दिउँसो ३ बजे पुलिसले मच्छिन्द्रसित दशरथ रंगशालामा खेल्नेछ ।