-दुर्गा उपाध्याय /ईमेज
कञ्चनपुर । चुरे क्षेत्रका स्थानीयले जंगलमा पाइने असारे पात बिक्री गरी जीविकोपार्जन गरिरहेका छन् । नेपालमा घाँसका रुपमा उपयोग गरिने उक्त वनस्पतिलाई भारतीयले मसलाको रुपमा प्रयोग गर्ने भएकाले यसको अवैध निकाशीसमेत हुने गरेको छ ।
प्रायः सबैतिर पाइने असारे वनस्पति भारतमा कडिपत्ताका रुपमा बिक्री हुन थालेपछि यहाँका कञ्चनपुरको चुरे क्षेत्रका स्थानीयले यसलाई जीविकोपार्जनको माध्यम बनाएका छन् ।
फुर्सदको समयमा कडिपत्ताको पात टिपेर घरमा ल्याउने र त्यसलाई सुकाएर भारतमा विक्री गर्ने गरेका छन् । दिनभरी जंगलमा संकलन गरिएको कडिपत्ताको पात केही दिन सुकाएर उनीहरु त्यसलाई टनकपुरमा भारतीय १२ देखि २५ रुपैयाँमा बेच्ने गर्दछन् ।
यसबाट उनीहरुले साधारण घरखर्च धानिरहेका छन् । भारतमा कडिपत्तालाई मसालाका रुपमा खानामा प्रयोग गर्ने गरिएपनि नेपालमा भने यसको खासै महत्व छैन ।
स्कुले विद्यार्थीले समेत शैक्षिक सामाग्री तथा घर खर्चका लागि फुर्सदको समयमा कडिपत्ता बेचेर आम्दानी गर्ने गरेको बताउँछन् । कडिपत्ता भारतको दक्षिणी क्षेत्रमा बढि निर्यात हुने गरेको छ ।
यसलाई अझै व्यवस्थित तरिकाले बिक्रीवितरण गर्न सके अझै बढी प्रतिफल आउने देखिन्छ । अर्कोतिर पैसा कमाउने नाममा यो वनस्पति अवैध तरिकाले भारत निकास भइरहेको छ । यसतर्फ पनि ध्यान दिनु आवश्यक छ ।





प्रतिक्रिया दिनुहोस्