
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हराएको छ ।
गएराति आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन भर्जिल भान डाइक र मोहोमद सालाहले एक एक गोल गरे ।
गएराति नै भएको अर्को खेलमा लेष्टर सिटीलाई बर्न्लेले २–१ ले हरायो । हारसँगै लेष्टर सिटीले अंक तालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।
प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम गरेको लिभरपुलले एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीसँग १६ अंकको फराकिलो अग्रता समेत बनाएको छ ।
लिभरपुलले २२ खेलबाट ६४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक छ ।
४५ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको चेल्सीको ३९ तथा पाँचौ स्थानको म्यान्चेस्टर युनाइटेडको ३४ अंक छ ।
प्रतिक्रिया दिनुहोस्