बासुदेव बर्मा/ ईमेज
कपिलवस्तु । नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरिञ्जीवी नेपालले आर्थिक क्रियाकलपा बढाउनु बताएका छन् ।
आर्थिक क्रियाकलाप बढाउन सके भविष्यमा हामी नेपाली समृद्धितर्फ अगाडी बढ्न सक्ने बताए ।
कपिलवस्तुको गोरुसिगेंमा सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र मजबुद बनाउनु पर्नेमा जोड दिए । पैसा कमाउनाका लागि विदेशको भर पर्नुभन्दा नेपालमा नै काम गरे यहाँको विकास गर्न सजिलो हुने बताए ।
नेपालको आर्थिक अवस्था उकास्नका लागि कृषिमा जोड दिनु पर्ने बताए । उनले सरकारले दिएको ५ प्रतिशत अनुदानको उपयोग गर्न अनुरोध गरे ।
उनले स्थानीय स्तरमा रहेका विभिन्न वितिय संस्थाबाट लगानी लिइ नेपाललाई सम्पन्नता बन्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा कपिलवस्तुको सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालको प्रदेश नं ५ र ६ भित्रका १० वटा जिल्लामा आप्नो शाखाहरु खोल्ने जानकारी पनि दिइयो ।
कपिलवस्तुमा केन्द्रीय कार्यालय खोल्ने पहिलो वित्तिय संस्था सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड बनेको छ ।
यस वित्तिय सस्थाको कार्यक्षेत्र कपिलवस्तु सहित रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाची, रोल्पा, प्युठान, सल्यान र जाजरकोट रहेको कार्यकारी प्रमुख बाबुलाल नेपालले बताए ।









प्रतिक्रिया दिनुहोस्