काठमाडौं, माघ ४ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)मा समस्या देखिएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका छन् ।
वैदेशिक रोजगार कार्यालयको ‘सर्भर’मा समस्या आएपछि अनलाइनमार्फत् हुने सबै काममा समस्या आएको छ ।
वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिने तथा श्रम गर्ने श्रमिकहरु समस्यामा परेको गुनासो गर्छन् ।
सर्भरमा समस्या आएर ‘सिस्टम’ले काम गर्न छोडेपछि तीन दिनसम्म कार्यालय धाउनुपरेको श्रमिकहरु बताउँछन् ।
गत बुधबारबाट सिस्टममा आंशिक समस्या आएपनि शुक्रबार भने केहीबेर प्रणालीमा सुधार आएपनि पुनः रोकिएको हो ।
सिस्टमले काम नगरेपछि वैदेशिक रोजगारीमा जानेहरु अन्योलमा परेका हुन् ।
वैदेशिक रोजगार विभागले भने ‘हार्डडिस्क’मा समस्या आएको कारण सिस्टम नचलेको र आइतबार साँझबाट मात्रै सुचारु हुने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्