
काठमाडौं, माघ ४ । नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडका सिमेन्टका लागि अलग्गै मापदन्ड तोकेको छ ।
नेपाल गुणस्तर परिषद्को बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदन्ड स्वीकृत गरेको थियो ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदन्ड स्वीकृत गरेको जानकारी दिए ।
यसअघि, सबै ग्रेडका सिमेन्टको मापदन्ड एउटै कायम थियो ।
अब उद्योगीहरुले सरकारी मापदन्ड पूरा गरेको अवस्थामा सिमेन्टमा ४३ र ५३ ग्रेड लेख्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्