Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


रसुवागढी नाका अवरुद्ध


0
Shares

रसुवा, माघ ४ । रसुवागढी नाकामा बिहीबारदेखि आयात–निर्यात अवरुद्ध बनेको छ ।

चीनको केरुङमा बिहीबारदेखि निरन्तर हिमपात भएकाले यातायात सन्चालन हुन नसक्दा आयात–निर्यात रोकिएको हो ।

सडकमा तीन फिटभन्दा बढी हिउँ जमेकाले नेपालबाट केरुङ पुगेका कन्टेनरहरुमा सामान ‘लोड’समेत हुन सकेको छैन ।

हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङलगायतका स्थानमा चिनियाँ पक्षले सवारी सन्चालन गर्न दिएको छैन ।

नेपालबाट दैनिक १०० भन्दा बढी कन्टेनरहरु केरुङ सामान लिन जाने गरेका छन् ।

पानी पर्न छाडेकाले आइतबारदेखि नाका सुचारु गर्ने तयारी रहेको जनाइएको छ ।