७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


पुलिसद्वारा जावलाखेल पराजित, मनाङ र थ्रीस्टार बराबरी


0
Shares

काठमाडौं, माघ ४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

पुलिस २–० जावलाखेल

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–० ले पराजित गरेको हो ।

गोलकर्ता

पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक/एक गोल गरे । सौजनले खेलको २७औं र सुमनले ४८औं मिनेटमा गोल गरेका थिए ।

पुलिस पाँचौं स्थानमा

जारी लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलबाट ११ अंक जोडेको छ । लिग तालिकाको पाँचौं स्थानमा रहेको छ । समान खेलबाटै जावलाखेल ९ अंकसहित छैटौं स्थानमा रहेको छ ।

मनाङ २–२ थ्रीस्टार

शनिबारै भएको दोस्रो खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले २–२ गोलको बराबरी खेलेका छन् ।

गोलकर्ता

दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि दुवै गोल अन्जन विष्टले गरे । उनले ४९औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

खेलमा पहिलो गोल थ्रीस्टारले गरेको थियो । थ्रीस्टारका लागि दुवै गोल लाल राम्भराले गरे । उनले १९औं र ८३औं मिनेटमा गोल गरेका हुन् ।

मनाङ अपराजित

यो बराबरीपछि मनाङले सात खेलबाट १३ अंक जोडेको छ । गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा कायम छ । जारी लिगमा मनाङ अहिलेसम्म अपराजित रहने एकमात्र टोली हो ।

थ्रीस्टार सात खेलबाट ११ अंकसहित चौथो स्थानमा रहेको छ ।

तीन क्लबको १३/१३ अंक

लिगमा मनाङसहित तीन क्लबको समान १३/१३ अंक भएको छ ।

त्रिभुवन आर्मी क्लब ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । सात खेलबाट १३ अंकसहित मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ ।

आइतबारका खेल

प्रतियोगिताअन्तर्गत् आइतबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्नेछन् । दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वती युथ क्लब भिड्नेछन् । दुवै खेल एन्फा कम्प्लेक्समा हुने ‘एन्फा’ले जनाएको छ ।