Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


आगामी निर्वाचनमा चितवनबाटै उठ्ने प्रचण्डकाे उद्घाेष


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवारी दिने बताउनु भएको छ ।

चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उहाँले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे। उहाँले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी दिने बताउनु भएको हो ।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको बताउदै यसलाई अझ उचाइमा पुर्‍याउन आफुले उम्मेदवारी दिने उहाँले बताउनुभयो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गर्ने प्रतिवद्धता समेत दाहाले जनाउनु भएकाे छ । उहाँले भन्नुभयो ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ ।’

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन्।

यसबाट २०० हेक्टर जमिन सिञ्चित हुनेछ। जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ। ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँको भनाइ छ। नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ।