२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अमेरिकामा गोलीकान्ड, चारजनाको मृत्यु


0
Shares

लस एन्जेलस, माघ ४ । अमेरिकामा भएको गोलीकान्डमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ ।

उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाइ छ ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकान्ड भएको हो ।

‘सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्’–ग्रान्ट्सभिल्लेका एकजना प्रहरी अधिकृत होन्डा फिल्डसले भने ।

उनले घटनाकाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँचजनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए ।

आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन् कि होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए । रासस/एएफपी