झापामा बडी बिल्डिङ खेल हुने « Image Khabar


झापामा बडी बिल्डिङ खेल हुने



झापा । झापामा प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । आज बडी ग्यारेजले बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएने जानकारी दिएको हो ।

प्रतियोगितामा एक सय महिला र पुरुष खेलाडीले प्रतिस्प्रधा गर्नेछन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजीमाथि तौल समूहको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका च्याम्पियनले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै फष्ट र सेकेण्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिनुभयो ।

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रेरित गर्न र खेलप्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनुभयो ।