सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा


0
Shares

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो ।

पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिनुभएको थियो । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेले पनि विवाद मिलाउन खोज्दा आफूमाथि हातपात भएको भन्दै राजीनामा दिनुभएको छ ।

सर्लाहीमा कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादले अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्ला सभापतिका दाबेदार रहेका दुवैजना रायबीच पछिल्लो पटक वडास्तरमा आफू निकटका शिक्षकलाई मतदान अधिकृत बनाएर खटाउने विषयमा विवाद देखिएको छ ।