२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया शुरू : सहभागी सिनेटहरूलाई शपथ खुवाइयो


0
Shares

एजेन्सी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ ।

राष्ट्रपति ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सिनेटहरूलाई शपथ दिलाइएको छ ।

प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्याउन नभनेको बताए ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्घन गरेको आरोप छ ।

आफूले शक्तिको दुरुपयोग र कङ्ग्रेसको प्रक्रियामा अवरोध पुर्‍याएको भन्ने आरोप राष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

सुनुवाइ प्रक्रियाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले अवलोकन गर्नेछन् । डेमोक्र्याटहरूले सुनुवाइमा बयान दिनेहरूलाई बोलाउने र प्रमाणहरू जुटाउने काममा लागिपरेका छन् ।

राष्ट्रपति ट्रम्पविरुद्ध सिनेटमा हुने सुनुवाइमा शुरूवाती बयान आगामी मङ्गलवार हुनेछ । महाभियोगसम्बन्धी प्रावधान अनुसार दोषी ठहर गर्ने तथा राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने हुन्छ ।

सिनेटमाथि राष्ट्रपति ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले उनले सफाइ पाउने अपेक्षा गरिएको छ ।